Rule 92
विद्युत प्रणालीको प्रयोग
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले नेपालको कुनै भागमा उत्पादन गरेको विद्युत विद्यमान विद्युत प्रणालीको त्यस भागमा रहेको कुनै बिन्दुमा आपूर्ति गरी नेपालको अर्को भागमा रहेको विद्युत प्रणालीको कुनै बिन्दुबाट प्राविधिक दुष्टिकोणले उपयुक्त भएमा विद्युत लिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम विद्युत प्रणालीको स्वामित्व रहेको व्यक्ति वा सङ्गठित संस्थाले अनुमतिपत्र प्राप्त व्यक्तिलाई प्राविधिक दृष्टिकोणले उपयुक्त भएमा आफ्नो विद्युत प्रणाली प्रयोग गर्न दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम विद्युत आपूर्ति गर्दा त्यस्तो विद्युत प्रणालीको स्वामित्व रहेको व्यक्ति वा सङ्गठित संस्थालाई आपसी सम्झौताबाट निर्धारित भए बमोजिमको शुल्क अनुमतिपत्र प्राप्त व्यक्तिले बुझाउनु पर्नेछ ।